Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

    सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

    नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ ।



    विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ ।



    पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ । अब प्रदेशहरुले पनि यसकै आधारमा छोटो दुरीको सवारी भाडा बढाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार