Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्‍याउने मन्त्री झाँक्रीको प्रतिवद्धता

    सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्‍याउने मन्त्री झाँक्रीको प्रतिवद्धता

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 927
    SHARES

    काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्यान्डफिल साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् ।

    शुक्रबार सहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।



    ठूला ल्यान्डफिल साइट बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने उनले बताएकी हुन् । शुक्रबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायहरुलाई उनले अनुरोध गरेकी थिइन् ।



    सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्‍याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने मन्त्री झाँक्रीले बताइन् । ‘हामीले ठूला ट्रिटमेन्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्यान्डफिल साइटको गफ गर्‍यौं अहिलेसम्म । तर ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्यान्डफिल साइटभन्दा किन्ने, बिक्री गर्ने कानुन, कार्यविधि, मेकानिज्म बनाउनु पर्छ । तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने त्यसपछि फर्किएर नजाने यो समस्या र प्रवृत्ति छ,’ उनले भनिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार