Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन्।

शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको भन्दै विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धतासहित स्थानीयलाई अहिलेको सरकार र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे।

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए। उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे।

‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ। नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ। बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔं’, उनले भने, ‘१७० पटक सम्झौता भएको छ, तपाईँहरूलाई हामी देख्नासाथ रिस उठ्छ होला। यो हामीबाट नै भएको गल्ती हो। तर अब सहमति गर्नु नपर्ने गरी काम गरौँ । अनुगमन समिति बनाएर काम गर्छौं। हामीलाई विश्वास गर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077