Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेशी मुद्राको सञ्चिति घट्यो

    विदेशी मुद्राको सञ्चिति घट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 822
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

    चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।



    २०७८ असार मसान्तसम्म १३९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो १० महिनामा विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी आएको छ



    चैत महिनासम्म रहेको विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखिएको थियो । १० औं महिनासम्म आउँदा सञ्चिति अझ कम भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार