Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वैदेशिक मुद्रा सञ्चिति ४.३% ले बढ्यो, रेमिट्यान्समा पनि सुधार

    वैदेशिक मुद्रा सञ्चिति ४.३% ले बढ्यो, रेमिट्यान्समा पनि सुधार

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 834
    SHARES

    काठमाडौं । असोजमा वैदेशिक मुद्रा सञ्चिती बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको हो।

    बैंकका अनुसार असोज मसान्तसम्म ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ बराबरको डलर सञ्चिति रहेको छ। पछिल्लो १ महिनाको अन्तरालमा यो रकम ५० अर्ब ७ करोड रुपैयाँले सञ्चिती बढेको देखिन्छ।



    यो गत आर्थिक वर्षको असारसम्मको तुलनामा ४.३ प्रतिशतले वृद्धि हो।



    यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार