Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पाँच महिनामै भित्रियो ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स

    पाँच महिनामै भित्रियो ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 450
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामै ६ खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मङ्सिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।



    यो पोहोरको पाँच महिनाको तुलनामा २७ दशमलव ६ प्रतिशतले धेरै हो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स २४ दशमलव ५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड डलर पुगेको छ ।



    रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको देखिएको छ ।

    पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ७३ हजार पाँच सय ५५ जना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार