Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ९ महिनामा रेमिट्यान्स २४ प्रतिशतले वृद्धि, भित्रियो ९ खर्ब

    ९ महिनामा रेमिट्यान्स २४ प्रतिशतले वृद्धि, भित्रियो ९ खर्ब

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 513
    SHARES

    काठमाडौं । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ ।

    तंथ्याकअनुसार समीक्षा अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।



    अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।



    यससँगै, केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

    जबकी, २०७९ असार मसान्तसम्ममा यस्तो सञ्चिती जम्मा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार