Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, फागुनमा मात्र भित्रियो १ खर्ब ५ अर्ब

    रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, फागुनमा मात्र भित्रियो १ खर्ब ५ अर्ब

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चालु आर्थिकको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार साउनदेखि फागुन मसान्तसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।



    अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो ।



    त्यस्तै,  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार