Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साटिने

    दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साटिने

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ ।

    भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्ने तयारी भइरहेको मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालले जानकारी दिए ।



    राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिने छ। यसरी बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने दाहालले बताए । २० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी छ ।



    अघिल्ला वर्षको मागलाई हेर्दा यो वर्ष पनि राष्ट्र बैंकसँग भएको नयाँ नोट प्रयाप्त हुने उनको आकलन छ ।

    गत वर्षको दसैँमा ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष भने कति नयाँ नोट बजारमा पठाउने भनेर अहिलेसम्म प्रारम्भिक छलफल नभएको दाहालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार