Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मौद्रिक नीतिले व्यवसायी, उद्योगी र बैंकर पनि प्रभावित हुन सक्छन्, सहन तयार रहनुपर्छ : गभर्नर

    मौद्रिक नीतिले व्यवसायी, उद्योगी र बैंकर पनि प्रभावित हुन सक्छन्, सहन तयार रहनुपर्छ : गभर्नर

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित आउने बताएका छन् ।

    आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सुझाव कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित मौद्रिक नीति आउने बताएका हुन् ।



    उनले भने, ‘अर्थतन्त्रलाई सही दिशा दिने गरी नीतिहरू आउँछन् । गभर्नर अधिकारीलाई जे लाग्छ त्यो नीति आउने होइन ।’ त्यसैले मौद्रिक नीतिले लिने व्यवस्थाबाट पर्ने समस्या सहनका लागि सबै पक्ष तयारी अवस्थामा बस्नुपर्ने अधिकारीको भनाइ छ ।



    यसअघि पनि पटक–पटक कसिलो मौद्रिक नीति आउने बताइरहेका गर्भनर अधिकारीले आज थप पुष्टि गरेका हुन् ।

    ‘मौद्रिक नीतिले लिने नीतिबाट राज्यको कर संकलन लक्ष्य पनि प्रभावित बन्नसक्छ,’ गभर्नर अधिकारीले भने, ‘यसबाट व्यवसायी, उद्योगी र बैंकर पनि प्रभावित हुन सक्छन् । सहन तयार रहनुपर्छ ।’ उनले आन्तरिक र बाह्य कारणले समस्यामा परेको अर्थतन्त्रलाई सही दिशामा ल्याउने समय आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार