Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दशैंको मुखैमा चिनियाँ नाकामा रोकिए सामान, समस्या समाधान गर्न सरकारसँग व्यवसायीको आग्रह

    दशैंको मुखैमा चिनियाँ नाकामा रोकिए सामान, समस्या समाधान गर्न सरकारसँग व्यवसायीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 873
    SHARES

    काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् ।

    नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।



    नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।



    सिमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु पलायन हुन सक्ने खतरा बढेको भन्दै समयमै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार