Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योगमन्त्री बडूसँग स्पेन र इन्डोनेसियाका राजदूतको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जोसे मारिया रिडाओ र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हरटान्जो सुबोलोले छुट्टाछुट्टै भेट गरेका छन् ।

छलफलमा नेपालका लागि स्पेनका गैरआवासीय राजदूत रिडाओले विगतदेखि नै नेपाल र स्पेन बीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गरे ।

यस्तै, उनले ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धन लगायत विषयमा दुई देशबीच थप सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने समेत बताए । आफ्नो कार्यकालमा नेपाल र स्पेन बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने समेत उनको भनाइ थियो ।

भेटमा मन्त्री बडूले नेपालका लागि गैरआवासीय राजदूतमा नियुक्त भएकामा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077