Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आमाले मोबाइलमा गेम खेल्न नदिएको भन्दै १६ वर्षीय छोराले गरे आत्महत्या

काठमाडौं । भारतको मुम्बईमा आमाले मोबाइलमा गेम खेल्न नदिएको रिसमा छोराले आत्महत्या गरेका छन् ।

१६ वर्षका ओम भरतले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् ।

सोही नोटमा उनले आत्महत्या गर्न गएको, अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् । बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरेको उनकी आमाले पछि दुःखी हुँदै सम्झिन् ।

ती किशोरको शव मलाड र कांदिवली स्टेशनको बीचमा फेला परेको छ । साँझपख छोरो मर्ने मनसायले निस्किएको कुरा आमाले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् ।

सुसाइड नोट पाएपछि लगतै परिवारले परिवारले प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077