Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोक्सीको आरोपमा दुई महिलामाथि निर्घात कुटपिट, दुई जना पक्राउ

काठमाडौं । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सीको आरोपमा दुई महिलामाथि निर्घात कुटपिट भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेका हुन् ।

दुबै महिलामाथि जठ २६ गते बिहान कुटपिट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय सोमन भनिने सोमारी देवी र अन्य एक महिलाले पीडितमाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएका हुन् ।

प्रहरीले ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् ।

उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077