Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाँच तलामाथि रहेको ट्यांकीमा पानी भर्न जाँदा खसेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सितापाइलामा घरबाट छताबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो नागार्जुन नगरपालिका–४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको पाँच तलामाथिबाट खसेर मृत्यु भएको हो ।

आफ्नै घरको पाँच तलामाथि रहेको ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा श्रेष्ठ घाइते भएका थिए।

उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो। तर, चिकित्सकले पौने १ बजे नै उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077