Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा हावाहुरीले दर्जनौं घरको छाना उडायो

कैलाली । कैलालीमा आएको हावाहुरीका कारण दर्जनौ घरमा क्षति पुगेको छ । भने केही पशुचौपाया समेतको मृत्यु भएको छ ।

हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको वडाअध्यक्ष जन्ताराम चौधरीले जानकारी दिए ।

उनले केही घरमा सालका रुख समेत खसेको छ भने केहीको टिन र फुसको छानो उडाएको बताए ।

हावाहुरीका कारण अन्य स्थानमा समेत क्षति पुगेको खबरहरु आइरहेको बताउदै अध्यक्ष चौधरीले आफू त्यसतर्फ गईरहेको बताए । के कति क्षति भएका छ्न् अहिले नै भन्न नसिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077