Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।

जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।

प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक/एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077