Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाँजालाई तत्काल बैधानिक गर्न एमाले सांसद तामाङको माग

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका छन् ।

आईतबार प्रतिनिधिसको बैठकमा उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् ।

‘नेपालमाक्यान्सर जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको रसम्पत्ति पनि सकिएको छ । यसैगरी एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउँने अधिकार नष्ट भइरहेको उनले बताए ।

एड्स रोगका विरामीहरुको दिर्घ जीवनको औषधी नै गाँजा हो । यस रोगका विरामीहरुलाई तत्तकाल व्यवस्थापन गरिएन भने अझै हजारौँ विरामहरुले ज्यान गुमाउने खतरामा रहेको समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077