Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको सरकारी कम्पनीलाई पश्चिम सेती निर्माणको जिम्मेवारी दिने निर्णयमाथि रावलको आपत्ती

काठमाडौं । सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधिसभामा बोल्दै उनले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य खोजेका हुन् ।

‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गरे ।

यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता भएको ८ वर्ष वितिसक्दा पनि पटक–पटक म्याद थपिराख्न नमिल्ने रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077