Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर विजयी

धनगढी। कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्।

प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।

पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन्। शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077