Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माननीय मन्त्रीज्यू मलाई प्लेनभाडा चाहियो !

काठमाडौं । हुम्लाकी सांसद रंगमती शाहीले शहरी विकास मन्त्रालयको बजेटमा आफ्नो जिल्लाको योजना नपरेकामा आक्रोश व्यक्त गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत खर्चमाथि छलफलमा भाग लिँदै शाहीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयले हुम्लादेखि बोलाएर योजना माग गरेको तर बजेट नपारेको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

‘तपाईको निजी सचिवालयबाट बजेट आउनुभन्दा अगाडि मलाई फोन गयो, म जिल्लामा थिएँ, योजना हाल्ने बेला भयो माननीयज्यू तपाईंके योजना के छ पठाइदिनुस् भन्नुभयो’ उनले भनिन्, ‘प्लेन भाडा तिरेर आएँ, माननीय मन्त्रीज्यू मलाई प्लेनभाडा र सिंहदरबारसम्म आउँदा भएको खर्च र समयको क्षतिपूर्ति चाहियो ।’

सांसद शाहीले आफूलाईं बोलाएर योजना मागेको तर बजेट नदिएको भन्दै सांसदलाई बच्चालाई जस्तो व्यवहार गरेको बताइन् ।

सांसद शाहीले हुम्लामा दुईवटा एकीकृत सहकारी भवन निर्माणका लागि ५० लाख परेको भन्दै प्रश्न गरिन्, ‘किताब पल्टाएँ ९४ पेज रहेछ, त्यसमा दुईवटा योजना त्यो पनि एकीकृत सहकारी भवन भनेर ५० लाख रहेछ ५० लाखले हुम्लामा कति भवन बन्छ ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077