Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पा । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ ।

रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिए ।

माथिबाट सुक्खा पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल बाटो खुलाउने काम जोखिम भएको प्रहरी चौकी केलादीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077