Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

उपत्यकाको फोहोर संकलन गरेर निजी क्षेत्र वार्षिक साढे तीन अर्ब उठाउँदै

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन् ।

तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न बाध्य छन् ।

यही जेठमा मात्र उपत्यकाको फोहोर दुई साताभन्दा धेरै समय उठेन। काठमाडौं उपत्यकाका तीन जिल्लामा फोहोर संकलन गर्ने निजी तथा गैरसरकारी संस्था ७० वटाभन्दा धेरै छन् । यी संस्थाले उपत्यकाका तीन जिल्लाका करिब ६ लाख स्थानबाट फोहोर संकलन गर्दै आएका छन्।

२०७८ सालको प्रारम्भिक जनगणनाअनुसार काठमाडौं उपत्यकाको घरसंख्या ४ लाख ४४ हजार छ। एउटै घरमा धेरै व्यवसाय हुने र धेरै परिवार बस्ने भएकाले करिब ६ लाख स्थानबाट फोहोर उठाउने गरिन्छ।

फोहोर उठाएबापत ती संस्थाले सर्वसाधारण, व्यावसायिक संस्था र कार्यालयहरूबाट प्रतिमहिना ३ सय ५० देखि ७ सय रूपैयाँसम्मका दरले शुल्क लिँदै आएका छन् । फोहोर धेरै निकाल्ने ठुला होटल तथा रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतबाट लिने शुल्क भने योभन्दा धेरै छ।

औसतमा प्रतिस्थानको ५ सय रूपैयाँ मात्र गणना गर्ने हो भने पनि फोहोर उठाउने यी संस्थाले वार्षिक करिब साढे ३ अर्ब रूपैयाँ संकलन गर्दै आएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077