Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपी मुद्धा : कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा

    आईजीपी मुद्धा : कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको मुद्दामा सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।

    आइजिपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो । सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन । अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको थियो।



    पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा १६ महिना जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै न्याय माग्न सर्वोच्च अदालत पुगेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार