Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बनेपा घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ५६ बर्षीय डल्ले कामी रहेका छन् ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७७ सालमा १० लाख ५० हजार जरिवाना र ४ दिन कैद फैसला सुनाएको थियो ।

फैसला पश्चात फरार रहेका कामीलाई गत शनिबार धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077