Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० वटा कछुवाका बच्चासहित दुई जना पक्राउ

काठमाडौं । कोटेश्वरबाट १० कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूले प्रयोग गरेको बा९९प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077