Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरबाट ९६ किलो लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौं । मकवानपुरमा ९६ किलो ८४० ग्राम लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका-२ रिठ्ठेपानी बस्ने ३० बर्षीय अभिषेक लामा र कैलाश गाउँपालिका-९ घैराङग बस्ने ३७ बर्षीय ज्ञान बहादुर गोले र वडा नम्बर १० बस्ने ४९ बर्षीय चन्द्र लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको भिमफेदी गाँउपालिका ९ चुनिया स्थित भित्री सडकमा घैराङगबाट चुनिया बजारतर्फ आउदै गरेको ना २ ह ३५३६ नम्बर को अटोलाई चेकजाँच गर्दा ९६ किलो ८४० ग्राम फेला परेको थियो ।

सोमबार दिउँसो अस्थाई प्रहरी पोष्ट नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषध (गाँजा) र अटोसहित नियन्त्रणमा लिई उनीहरु तीनै जनामाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077