Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना तत्काल छैन : उपमहासचिव ज्ञवाली

    वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना तत्काल छैन : उपमहासचिव ज्ञवाली

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 879
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् ।

    आज बसेको सचिवालय बैठकपछि उनले अहिले कुनै वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।



    साथै उनले एमालेले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको पनि बताए । आफूहरूले कसैलाई प्रस्ताव नगरेको बरु उनीहरूले कांग्रेससँग बार्गेनिङ गर्नका लागि सुनियोजित रूपमा प्रचार गरेको बताए ।



    यस्तै एमालेको सचिवालय बैठक घनश्याम भुसालमाथिको कारबाही सिफारिसबारे कुनै छलफल नै नगरी सकिएको छ । भुसालमाथिको कारबाही सिफारिसबारे कुनै छलफल नभएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार