Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गेस्ट हाउसमा युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ

    गेस्ट हाउसमा युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    बौद्धस्थित लुङता गेस्ट हाउसमा शनिबार युवतीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    पक्राउ पर्नेमा २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची घर भई हाल काठमाडौं महानगर ६ बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही बागमती नगरपालिका ४ घर भई काठमाडौं महानगर ६ बस्ने ३४ वर्षीय उत्तम लामा र होटल सञ्चालक ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा छन् ।



    उनीहरुलाई ५ दिनको म्याद अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार