Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने प्रहरीका पूर्वसई जेल चलान

    आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने प्रहरीका पूर्वसई जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 17.2K
    SHARES

    कैलाली । आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नेपाल प्रहरीका रिटायर्ड सई कारागार चलान भएका छन् । मंगलबार कैलाली जिल्ला अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको हो ।

    गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन् ।



    त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध अदालतमा जबर्जस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता भएको थियो ।



    काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन् । घर आएकी छोरीलाई उनले करणी प्रयास गरेका थिए । घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार