Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गर्ने १९ वर्षीय युवक पक्राउ

    नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गर्ने १९ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 999
    SHARES

    बारा । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्। टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारीलाई फेला पारेको हो।



    बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगेर बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।



    उनलाई जिल्ला अदालत बारामा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार