Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेस नेता राज बब्बरलाई २६ वर्ष पुरानो मुद्धामा जेल सजाय

    कांग्रेस नेता राज बब्बरलाई २६ वर्ष पुरानो मुद्धामा जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । लखनउको वजीरगञ्जमा चुनाव अधिकारीलाई कुटपिट गरेका अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

    लखनउको एमपी–एमएलए अदालतले उनलाई ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ ।



    सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्यासी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए । यो मामलामा बिहीबार फैसला सुनाइएको हो ।



    राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो । यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ । अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ । फैसलाको समयमा राज अदालतमै उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार