Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुकीका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको जेल सजाय

    सुकीका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 864
    SHARES

    यांगुन । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय सुनाएको छ।

    जुन्ताले सुकीलाई गिरफ्तार गरेको र उनको निर्वाचित सरकारलाई कुद्वारा अपदस्थ गरेको केहीदिन पछि सियान टर्नेललाई फेब्रुवरी २०२१ मा यांगुनमा हिरासतमा राखिएको थियो।



    सुकीसँगै उनलाई आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ। दुबै जनाले उक्त आरोप अस्वीकार गरेका छन्।



    अधिकारवादी समूहले आलोचना गर्दै आएको उक्त मुद्दामा उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो। अष्ट्रेलियाले पनि अदालतको निर्णयलाई अस्वीकार गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार