Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हङ्‌कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमीलाई ६ वर्ष जेल सजाय

    हङ्‌कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमीलाई ६ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 762
    SHARES

    एजेन्सी । हङकङका अर्बपति मिडिया टाइकुन जिमीलाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ ।

    बीबीसीका अनुसार अक्टुबरमा कार्यालयको स्पेस अवैधानिक रूपमा भाडामा दिएकोमा उनी दोषी पाइएको बताइएकाे छ ।



    राष्ट्रिय सुरक्षाको आरोपमा उनको आगामी सुनुवाइमा उनले सम्भावित आजीवन कारावासको सामना पनि गर्नुपर्नेछ ।



    यसअघिका अभियोगहरू २०१९ मा हङकङमा भएको विशाल लोकतान्त्रिक आन्दोलनमा उनको भूमिकासँग सम्बन्धित थिए । तर, पछिल्लो मुद्दामा उनको एउटा कम्पनीले आफ्नो अखबारको कार्यालयमा भाडाको सर्तहरू उल्लंघन गरेको थियो ।

    उनीमाथि २ मिलियन हङकङ डलरको जरिवानासमेत लगाइएको छ । उनी हङकङकाे सबैभन्दा ठूलाे एपल डेली अखबारका प्रकाशक पनि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार