Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जासुसी गरेको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्षको जेल सजाय

    जासुसी गरेको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिकामा जासुसी गरेको आरोपमा एक चिनियाँ इन्जिनियरलाई ८ वर्ष जेल सजाय सुनाइएको छ।

    ३१ वर्षीय चिनियाँ नागरिक ची छावछ्युनले अमेरिकाको उड्डयन व्यापारसम्बन्धी सूचना चुहाएको आरोप लगाइएको छ।



    अमेरिकी न्याय विभागका अनुसार चीले वैज्ञानिक र इन्जिनियर भर्तीका लागि व्यक्तिको पहिचान गरेको र भर्तीकर्ताहरूलाई झुटो बोलाएका थिए।



    चीले चिनियाँ गुप्तचर विभागको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ। विदेशी सरकारको जासुसको रूपमा काम गरेको र अमेरिकी सेनालाई समेत गुमराहमा राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार