Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेतृ आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

    नेतृ आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 933
    SHARES

    काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई म्यानमारको सैन्य अदालतले थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ ।

    चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो ।



    उनीमाथि १९ आरोप लागेको थियो । यसबारे १८ महिना लामो अनुसन्धान–सुनुवाइ चल्यो । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । तर शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको छ ।



    बीबीसीका अनुसार एक अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

    उनीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ ।

    यदि सबै अभियोगमा दोषी पाइएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने अलजजिराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार