Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आङ सान सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

    आङ सान सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सैनिक शासन रहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप दुई वटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

    आज बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेकी छन् ।



    नेत्री सुकीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।



    सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । उनलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत मात्रै १२ वटा मुद्दा लगाइएको छ । ती सबैमा १५ वर्षसम्मको दरमा जेल सजाय र जरिबाना हुन सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार