Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बर्दिया राजापुर नगरपालिका भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले आज अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उनिहरुले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाले गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम हिनामिना गरेको बताइएको छ ।

उनिहरुलाई दुई लाख अठहत्तर हजार विगो माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077