Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगरलाई गालीगर्ने कार्यक्रम भन्दै अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडे बालेन

काठमाडौंँ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् ।

उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् ।

उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् ।

कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए ।

मन्त्री जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेका भन्दै काठमाडौं महानगरपालिकाको आलोचना गरेका थिए ।

काठमाडौं महानगरपालिकाबारे टिप्पणी गरेपछि बालेन्द्र असन्तुष्ट बन्दै सोमबार नै काठमाडौं फर्किएको बताइएको छ ।

उनले सोमबार राति नै सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरको आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए, ‘धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077