Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ

कैलाली । कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार एक कार्यक्रमका बीच संघको हलमा उनीहरुले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन संयोजक लोक बहादुर बिष्टले सपथ ग्रहण गराएका हुन् ।

जेठ २८ गते संम्पन्न भएको निर्वाचनमा पुष्पराज कुँवर प्यानल सहित विजयी भएका थिए । कुँवर प्यानल बाट वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।

यस्तै सदस्यहरुमा अम्बिका भण्डारी, कबिन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रबि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन् ।

सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावण मन्त्री मानबहादुर धामी, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077