Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिकरुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको बताइएको छ ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, अनुशासन विपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077