Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै एमाले

    सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै एमाले

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।



    पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिकरुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको बताइएको छ ।



    बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, अनुशासन विपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार