Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । ‍हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

भने अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसकारण आज बिहान प्रदेश १, मधेश र बागमतीका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै काठमाडौंसहित वाग्मती, गण्डकी र प्रदेश(१ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । ठूलो वर्षाका कारण नदी, नाला तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077