Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा स्याटेलाइट सिटी बनाउने भन्ने कुराको गफ धेरै भएको थियो : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा चार स्याटेलाइट सहर निर्माणको योजना तर्जुमा विगतमा नगरिएको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले विगतमा स्याटेलाइट सहर निर्माण गर्ने भनेर कुरा भएको तर त्यसका लागि आवश्यक काम नभएको बताइन् ।

'काठमाडौं उपत्यकामा चारवटा स्याटेलाइट सिटी बन्ने भनेको थियो कहाँ पुग्यो भन्नुभएको छ । काठमाडौं उपत्यकामा चारवटा कुनामा स्याटेलाइट सिटी बनाउने भन्ने कुरा गफ धेरै भएको थियो तर धेरै काम भएको थिएन,' उनले भनिन्, 'उत्तरपूर्वी सिसान सहर र त्यहाँको नयाँ भौतिक योजना मन्त्रिपरिषद्ले पास गर्ने प्रक्रियामा नै छ । त्यसैले यो कार्यक्रम नयाँ कार्यक्रमका रूपमा आएको छ । अरु तीनवटाको सम्भाव्यता अध्ययन जारी छ ।'

काठमाडौं उपत्यकाका चार दिशामा स्याटेलाइट सहर निर्माणका लागि जग्गा रोक्ने काम पनि नभएको मन्त्री झाँक्रीले जानकारी गराइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077