Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अब त्रिभुवन विमानस्थलले यात्रुको चाप थेग्न सक्दैन,निजगढ विमानस्थलको विकल्प तत्काल खोज्नु पर्छ : मन्त्री आले

    अब त्रिभुवन विमानस्थलले यात्रुको चाप थेग्न सक्दैन,निजगढ विमानस्थलको विकल्प तत्काल खोज्नु पर्छ : मन्त्री आले

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले त्रिभुवन विमानस्थलले आगामी दिनम यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको बताए ।



    निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उहाँले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे।



    जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र आयोजनामा ३ अर्ब रुपैयाँ खर्च भइसकेको भन्दै यो आयोजनासँग सम्बन्धित रहेर काठमाडौं मधेश द्रुतमार्गमा २ खर्ब रुपैयाँ खर्च भइसकेको समेत मन्त्री आलेले संसदमा जानकारी गराएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार