Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले आज र भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ ।

आज बिहीबार र भोलि शुक्रबार पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमालेले जनाएको छ ।

स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन्।

स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो । एमाले अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077