Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पुलबाट टिपर खस्दा चालकको मृत्यु

दमौली। पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर दुर्घटनामा परेको हो ।

टिपरका चालक म्याग्दे–६ मनपाङ निवासी ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।

दुर्घटनामा घाइते दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077