Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै ‘होटल व्यवसायीले मागे कर छुट’

    बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै ‘होटल व्यवसायीले मागे कर छुट’

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि होटेल संघ नेपाल (हान) ले मेयर बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् ।

    उनीहरुले पत्रमा कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने उल्लेख गरेको छ ।



    आर्थिक गतिविधि चलायमान बनाउने, बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्‍याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको समेत व्यवसायीले स्मरण गराएका छन् ।



    घर जग्गा कर ऐन २०१९ को दफा १२ बमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधनको पार्किड स्थान र बागबगैंचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकोमा एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सबै संरचनामा सम्पत्ति कर लगाएको व्यवसायीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार