Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली टिप्पणी : हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्,पार्टीभित्रै सकुनीहरु निस्किए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका छन् ।

एमालेलाई विरोधी शक्तिहरुले हराउन नसक्ने भए पनि पार्टीभित्रैबाट घात गर्नेहरु निस्केका ओलीले बताए । बिहीबार काठमाडौंका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्रै सकुनीहरु निस्केको टिप्पणी गरे ।

‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुृई तिहाइमा थियौं’ उनले भने, ‘तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’

उनले अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077