Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ग्यालेक्सी टीभी छाडेर राष्ट्रिय राजनीतिमा उत्रिए रवि लामिछाने , ईश्वर पोखरेल र माधव नेपाललाई अब चुनौती !

काठमाडौं। चर्चित संचारकर्मी रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेर राष्ट्रिय राजनीतिमा उत्रिएका छन्।

लामिछानेले आज एक कार्यक्रमकाबीच ग्यालेक्सी टीभी छाडेर अब जनताको कुरा सुन्ने नभई समस्या समाधान गर्ने घोषणा गरेका हुन।
आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।

बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् ।  उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् ।

लामिछानेले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएका छन् ।

काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।
बालेन शाहले काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट चुनाव जितेपछि रवि लामिछानेले पनि बालेनकै शैली अपनाएर चुनावमा जान लागेको वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077